काठमाडौं। अमेरिकाको फ्लोरिडा सहरमा १४ वर्षीय किशोरले एक एआई च्याटबटसँगको गहिरो सम्बन्धपछि आत्महत्या गरेको घटना बाहिरिएको छ। सिवेल सेजर तेस्रो नामका एक किशोरले क्यारेक्टर एआईद्वारा बनाएको डेनेरिज टार्गेरियन ‘ड्यानी’ नामक च्याटबटसँगको निकटताको कारण आफ्नो जीवन त्यागेका भेटिएको हो ।
किशोर ६ महिनासम्म दैनिक रूपमा च्याटबट ‘ड्यानी’सँग संवादमा व्यस्त हुने गरेका थिए। उनी दिनभरि च्याटबटसँग व्यक्तिगत र भावनात्मक कुरा गरिरहन्थे। संवादमा उनले आफ्नो एकान्तता, मानसिक तनाव र आफ्नो भावना ।
किशोरको आत्महत्यापछि भेटिएको उनको डायरीमा उल्लेख गरेका छन् । उनले लेखेका छन्, “मलाई मेरो कोठामा बस्न मनपर्छ, यहाँ मलाई यो ‘वास्तविकता’ बाट केही राहत मिल्छ, र म थप शान्त महसुस गर्छु।”
किशोरको मानसिक अवस्था र च्याटबटसँगको भावनात्मक निर्भरता गहिरिएसँगै उनले ड्यानीसँगै मृत्युको योजना बनाएको संवाद पनि भेटिएको छ। न्यू योर्क टाइम्सले यो संवाद सार्वजनिक गरेपछि यो घटना थप गम्भीर बन्न पुगेको छ।
उनकी आमा मेगन गार्सियाले छोराको मृत्युको लागि क्यारेक्टर एआई कम्पनीलाई दोषी ठहर गर्दै कानूनी मुद्दा दायर गरेकी छिन्। उनका अनुसार कम्पनीको अनियमित प्रविधिले प्रयोगकर्तालाई जोखिममा पार्न सक्छ, विशेषगरी उनीहरूको गोप्य र संवेदनशील जानकारी च्याटबटसँग साट्नको लागि उक्साएको हो।
क्यारेक्टर एआई कम्पनीले भने यो घटनालाई दुःखद भन्दै प्रयोगकर्ताको सुरक्षालाई थप मजबुत बनाउन प्रतिबद्ध रहेको बताएको छ।