काठमाडौं – आइसिटी अवार्ड २०२४ का लागि उत्कृष्ट १० स्टार्टअपहरू छनोट भएका छन्। दर्जनौं स्टार्टअपहरूबाट प्राप्त आवेदकहरू मध्य जुरी र सल्लाहकार समितिको विभिन्न चरणको छलफलपछि यी स्टार्टअपहरूलाई उत्कृष्टका रूपमा छनोट गरिएको हो।
स्टार्टअप आइसिटी अवार्डले नविनतम आईटी उत्पादन, सेवाहरू, र इनोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअपहरूलाई प्रोत्साहन र प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। प्रतियोगिताका लागि विगत ४ वर्षभित्र दर्ता भएका कम्पनीहरूबाट आवेदन खुलाइएको थियो। यहाँ छनोट भएका केही उत्कृष्ट स्टार्टअपहरूको छोटो परिचय प्रस्तुत छ:
- अभियानत्रिकी कर्मशाला प्रा.लि.
हरित इन्जिनियरिङ्गमा केन्द्रित यो कम्पनीले कम कार्बन उत्सर्जनसहित विद्युतीय सवारी साधनहरूको विकास गर्दै आएको छ। - बसियो सर्भिसेस प्रा.लि.
नेपालको पहिलो छुट्टी रेन्टल प्लेटफर्म, जसले यात्रुहरूलाई अनलाइनमार्फत आवास सुविधा प्रदान गर्दछ। - क्रिम्सन टेक प्रा.लि.
एआई, मेशिन भिजन, र औद्योगिक स्वचालनमा विशेषता प्रदान गर्ने यो कम्पनीले उत्पादनहरूको गुणस्तर निरीक्षणका लागि सोल्युसनहरू विकास गरेको छ। - डार्क म्याटर गेम प्रडक्सन प्रा.लि.
यसले विकास गरेको किड्सएज प्लेटफर्मले बच्चाहरूलाई खेल अनुभवमार्फत शिक्षा प्रदान गर्छ। - फ्यान्टासी गेम्स प्रा.लि.
क्रिकेट र फुटबलमा आधारित नेपालको पहिलो फ्यान्टासी खेल प्लेटफर्म, ‘टीम ११’, प्रयोगकर्ताहरूलाई खेलको अनुभवमा डुबाउँछ। - जियोभेसन नेपाल प्रा.लि.
सर्भेइङ र भू-स्थान नक्सांकनमा नवीनतम प्रविधि प्रयोग गर्दै कृषि, वन, र सहरी विकासको क्षेत्रमा योगदान गरिरहेको यो कम्पनीले ड्रोन प्रविधिको प्रयोगमा अग्रगामी स्थान लिएको छ। - हेल्थ याद आयो प्रा.लि.
स्वास्थ्य सेवामा डिजिटल प्रविधिको उपयोग गर्दै घरमा ल्याब परीक्षण र टेलिमेडिसिन सुविधा उपलब्ध गराउँदै आएको अग्रगामी स्वास्थ्य एग्रीगेटर। - ट्याकुम डिजिटल प्रा. लि.
एडटेक स्टार्टअप, जसले पीअर–टु–पीअर भिडियो च्याट मार्फत विद्यार्थीहरूलाई व्यक्तिगत परामर्शको सुविधा दिन्छ। - युवासफ्ट टेक्नोलोजिज प्रा.लि. (चलाउ)
नेपालको पहिलो बाइक रेन्टल स्टार्टअप, जसले दैनिक, साप्ताहिक, र मासिक बाइक भाडामा दिन्छ। - ज्याप सर्भिसेस प्रा. लि.
एक एडटेक कम्पनी जसले महामारीको समयमा सुरू गरेको र प्याकेज डेलिभरी सेवामा नयाँ मापदण्डहरू स्थापित गरेको छ।