काठमाडौं – काठमाडौं महानगरपालिकाले शहरी योजना, सिभिल इन्जिनियरिङ र आर्किटेक्चरका स्नातक उत्तीर्ण युवाहरूका लागि ‘करिअर क्याम्प २०८१’ सञ्चालन गर्न लागेको छ। महानगर अन्तर्गतको सहरी योजना आयोगले हालै सार्वजनिक सूचना मार्फत नौ महिने यो पूर्णकालीन प्रशिक्षार्थी कार्यक्रमबारे जानकारी दिएको हो।
यो कार्यक्रम अन्तर्गत छनोट भएका प्रशिक्षार्थीहरूले संरचनागत प्रारुप, ड्रइङ डिजाइन, लागत अनुमान तयार गर्ने र निर्माण कार्यहरूको सुपरिवेक्षण तथा प्रतिवेदन लेखनमा प्रत्यक्ष संलग्न हुनेछन्। यसले सहभागीहरूलाई व्यावसायिक सीप, दक्षता र अनुभव प्रदान गर्ने महानगरले जनाएको छ।
इच्छुक व्यक्तिहरूले मङ्गलबार (६ कात्तिक)देखि १५ दिनभित्र आवेदन दिनुपर्नेछ। छनोटमा परेका प्रशिक्षार्थीहरूले मासिक २५ हजार रुपैयाँ तलब पाउनेछन् भने व्यावहारिक सीप र अनुभव हासिल गर्ने अवसर पनि प्राप्त हुनेछ।
यहाँ क्लिक गरेर आवेदन दिन सकिनेछ । थप जानकारीका लागि महानगरले तोकेका सम्पर्क व्यक्ति विवेक बास्तोलालाई ९८४८०१८२१५ नम्बरमा सम्पर्क गर्न सकिनेछ ।