काठमाडौं । हालै सार्वजनिक भएको कक्षा १२ को नतिजामा ५०.९१ प्रतिशत उत्तीर्ण भए भने ४९.०९ प्रतिशत नन ग्रेडड (एनजी) भए । तर ग्रेड वृद्धिको परीक्षा दिएर एनजी प्राप्त विद्यार्थीले आफ्नो ग्रेड सुधार गर्न सक्छन् । यसो हुँदा स्नातक तहमा अध्ययन गर्न पाउने विद्यार्थी संख्या थपिन सक्छ ।
यसरी स्नातक तहमा भर्ना योग्य विद्यार्थीहरू विभिन्न विषयमा भर्ना हुन सक्छन् । विद्यार्थीहरू भर्ना हुने विभिन्न विषयहरू मध्ये अधिक रुचाइएको र कम्पिटिसन हुने बिषयहरुमा इन्जिनियरिङ र बिसीए पनि पर्छ । तर यी आईटीसँग सम्बन्धित विषयहरूमा भर्ना हुँदा विद्यार्थीले प्राप्त गरेको नतिजाले पनि प्रभाव गर्ने गर्छ ।
यसो हुँदा कम ग्रेड प्राप्त गरेका विद्यार्थीले आफ्नो रोजाइको विषय पढ्न नपाउन सक्छन् । यसैले आज हामी कक्षा १२ को अन्तिम परीक्षामा कुन बिषय पढ्न कति ग्रेड ल्याएको हुनुपर्छ भन्ने बारे जानकारी दिने छौं:
धनगढी इन्जिनियरिङ कलेज (नास्ट) ले इन्जिनियरिङ सङ्कायका साथै अन्य केही सङ्कायका कोर्ष सञ्चालन गरिरहेको छ । जसमा कम्प्युटर इन्जिनियरिङ, बीसीए , सिविल इन्जिनियरिङ र बिबिए लगायतका विषय छन् । ती विषय पढ्ने योग्यता तल दिइएको छ:
-इन्जिनियरिङका विषयमा भर्ना हुन कक्षा ११/१२ मा फिजिक्स, केमेस्ट्री र म्याथ विषय लिई ४५ प्रतिशत, ‘सी’ ग्रेड वा २.० सीजीपीए ल्याएको हुनु पर्छ ।
-बीसीएमा भर्ना हुन कक्षा ११/१२ वा सो सरहको तहमा गणित वा कम्प्युटर विषय लिई अन्तिम नतिजामा कम्तिमा ४५ प्रतिशत वा’सी’ ग्रेड ल्याएको हुनुपर्छ ।