काठमाडौं । गुगलले एन्ड्रोइड फाेनमार्फत बारकोड स्क्यान गर्दा स्वत: जुम हुने फिचर ल्याउने भएको छ । टाढा रहेका बारकोडहरू स्क्यान गर्न सजिलाे बनाउने उद्देश्यसहित कम्पनीले स्वचालित रूपमा बारकोड जुम हुने फिचर ल्याउन लागेकाे हाे ।
हाल प्रयोगकर्तालाई आफ्नो क्यामेराबाट बारकोड तथा क्यूआर कोड स्क्यान गर्दा नजिक जानुपर्ने वा म्यानुअल रूपमा जुम गर्नुपर्ने बाध्यता छ । नयाँ फिचरमा भने बारकोड तथा क्यूआर कोडहरू स्क्यान गर्दा स्वतः जुम हुने सुविधा छ ।
यो फिचर ल्याउन एन्ड्रोइडले आफ्नो एपीआईमा काम गरिरहेको एन्ड्राेइड जानकार मिशाल रहमानले उल्लेख गरेका छन् ।
एक एक्स पाेस्ट (ट्वीट) गर्दै उनले अपडेटेड एपीआईहरूलाई बारकोड स्क्यानिङ गर्ने एपहरूमा प्रयोग गरिने र त्यसले डेभलपरहरूलाई एप निर्माणमा सहयोग गर्ने बताएका छन् ।
यस सुविधा एन्ड्रोइड १३ र त्यसमाथिका भर्सनहरूमा उपलब्ध हुने बताइएकाे छ, जुन बारकोड स्क्यान गर्ने प्रयोगकर्ताहरूका लागि निकै सहयोगी हुन सक्नेछ ।
Google has updated ML Kit’s Barcode Scanning API and the Code Scanner API with auto-zoom, enabling the camera to automatically zoom in to scan barcodes that are far away. The scanner will intelligently detect barcodes and zoom in so the user doesn’t have to manually adjust zoom. pic.twitter.com/yZGjJsrgI9